|

रुकुम : रुकुम पूर्वको भूमे गाउँपालिकाका सामुदायिक वनका करिब चार हजार मेलका रूखमा नासपाती जडान गरिएको छ। गाउँपालिका कृषि शाखाको सहयोगमा वडा नम्बर २ को खावाङबगर, ३ को झुम्लाबाङ, क्याङसी र ७ को गुनामका सामुदायिक वनका मेलका रूखमा नासपाती जडान गरिएको हो।

सामुदायिक वनभित्र रहेका मेलका रूखको उपयोग तथा सामुदायिक वन समूह र स्थानीय उपभोक्ताको आम्दानी बढाउन यस्तो गरिएको कृषि शाखा प्रमुख खिमबहादुर रोकाय बताउँछन्। उनका अनुसार सबैभन्दा बढी झुम्लबाङमा जोडिएको छ। जसका लागि झण्डै दुई लाख रुपैयाँ लगानी भएको कार्यालयले जनाएको छ।

जडान गरिएका सबै नासपाती राम्ररी भएर पलाएको कषि शाखा प्रमुख रोकायले बताए। मेलका रूखमा नासपाती जडानका लागि गाउँपालिकाले एउटा नासपाती २५ रुपैयाँका दरले खरिद गरेको हो। मेल घाँसपात र काठका सामग्री बनाउन प्रयोगमा नआउने र सामुदायिक वन समूहरुले हरेक वर्ष काट्नुपर्ने भएकाले नासपाती जडान गरी सदुपयोग गर्न खोजिएको हो। मेलमा नासपाती अभियान सँगसँगै गाउँपालिकाले आलु, कागती र केरा पकेट क्षेत्र घोषणा गरेर त्यसको खेती पनि सुरु गरेको गाउँपालिका अध्यक्ष रामसुर बुढा बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.