|

धनकुटा : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता जेल चलान भएका छन्। जिल्ला अदालत, धनकुटाले तोकेको जनही ३० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि उनीहरु जेल चलान भएका हुन्।

जिल्ला अदालतले नेकपा जिल्ला सदस्य विज्ञान भनिने मोहनप्रसाद ओझा र ध्यानबहादुर तामाङलाई उक्त रकम बराबरको धरौटी मागेको थियाे। हाल उनीहरूलाई जिल्ला कारागार धनकुटा चलान गरिएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

यसअघि गत जेठ ३ गते ओझालाई र वैशाख ३० गते तामाङलाई नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा प्रहरीको गाडीमा ढुंगा हानेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। गत वैशाख ३० गते बन्दका क्रममा रुद्रबारीमा प्रहरीको गाडीमा ढुंगा प्रहार भएको थियो। धरौटी जम्मा गर्न नसके उनीहरू करिब चार वर्ष कारागारमा रहने जिल्ला कारागार प्रमुख छविलाल भण्डारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.