विश्व

उनले वार्ताका लागि ट्रम्पसँग भिख मागे : रुडी
SHARES

जेठ २४, २०७५

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रुडी जुलियानीले उत्तर कोरियासँगको प्रस्तावित वार्ता राष्ट्रपति ट्रम्पले रद्द गरेपछि उत्तर कोरियाली नेता किम जोङ उनले निकै हतास  भएर वार्ताका लागि भिख मागेको दावी गरेका छन्। 

    इजरायलमा भएको सम्मेलनमा ट्रम्पका वकिल जुलियानीले उत्तर कोरियासँगको वार्ता रद्द गर्ने निर्णय लगत्तै नेता किम निकै हतास भएको र वार्ताका लागि गनगन गरेको बताएका छन।

    ट्रम्पको कडा अडानका कारण उत्तर कोरिया आफ्नो व्यवहार परिवर्तन गर्न बाध्य भएको र पुनः वार्ताको वातावरण बनेको बताएको पश्चिमा सञ्चारमाध्यमहरुले जनाएका छन्। 

    ट्रम्पले गत मे मा उत्तर कोरियाले ‘आक्रोस र घृणा पूर्ण’ अभिव्यक्ति दिएको आरोप लगाउँदै वार्ताबाट पछि हट्ने घोषणा गरेका थिए।तर, उत्तर कोरियाले संयमित प्रक्रिया दिन थालेपछि सिंगापुरमा यही जुन १२ का लागि प्रस्तावित द्विपक्षीय वार्ता सही बाटोमा अघि बढेको थियो।

    जुलियानीले उत्तर कोरियाली नेता किम नरम भएर आएपछि वार्ता सम्भव भएको दाबी गरे। जुलियानीको टिप्पणीप्रति उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन्। यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग हुने भनिएको वार्ताको वातावरण राम्रोसँग बनिरहेको प्रतिक्रिया दिएका थिए।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]