|

ओखलढुंगा : ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ मा जिप दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ भने अर्का दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा सुनकोशी गाउँपालिका ५ का अन्दाजी ४० वर्षीय सिङ्गे तामाङ र सोही स्थानका ३५ वर्षीय कैलीमाया तामाङ रहेका छन्।

बिहीबार मध्यान्ह काठमाडांैबाट ओखलढुंगा आउँदै गरेको ना १ ज ४९५० नम्बरको जिप भँडारे खोलामा दुर्घटनामा परेको ओखलढुंगा प्रहरी प्रमुख अनन्तराम शर्माले बताए। दुर्घटनामा परी अन्दाजी २० वर्षीय लोकेन्द्र तामाङ र २४ वर्षीय लालबहादुर तामाङ गम्भीर घाइते भएका छन्।

उनीहरुलार्ई उपचारका लागि आस्था मेडिकल हल घुर्मी उदयपुर लगिएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घनाको कारणबारे खुल्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.