मलाई षड्‍यनत्रपूर्वक फसाइएको हो : नेता ढुंगेल

|

ओखलढुंगा : जेलबाट छुटेपछि पहिलोपटक गृहजिल्ला पुगेका बालकृष्ण ढुंगेललाई गाउँगाउँमा फूलमाला लगाएर सम्मान गरिएको छ। द्वन्द्वकालको हत्या मुद्दामा जेल सजाय भोगिरहेका ढुंगेललाई जेलमा चालचलन राम्रो भएको भन्दै जेठ १५ गते गणतन्त्रको दिवसको दिन सरकारले आममाफी भन्दै जेलमुक्त गरेको थियो।

ढुंगेल जेलमुक्त भएपछि पहिलोपटक जिल्लावासीको सम्मानमा सहभागी हुन बुधबार जिल्ला आएका थिए। बुधबार जिल्ला प्रवेश गरेका ढुंगेललाई मानेभञ्ज्याङको केत्तुकेमा व्यापक सम्मान गरिएको थियो।

उनलाई वामपन्थी युवा मञ्चले सदरमुकाम ओखलढुंगामा औपचारिक कार्यक्रम गरेर बिहीबार सम्मान गरेको छ। बिहीबार सिद्धिचरण नगरपालिकास्थित ओखलढुंगा सदरमुकाम र मोलुङ गाउँपालिकाको रामपुरमा ढुंगेललाई सम्मान गरिएको छ। सम्मान कार्यक्रममा ओखलढुंगा आएका ढुंगेलले सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्दोष भएको तर झुटा मुद्दामा फसाइएकाले गम्भीर अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन जिल्लामा सक्रिय पत्रकारहरुलाई आग्रहसमेत गरेका छन्।

बिहीबार पत्रकारसँगको भेटघाटमा उनले भने, ‘म हत्यारा भए हत्यारा लेख्नु होस्, तर म जिल्लामै नभएको समयका घटनामा मलाई झुटा अभियोग लगाएर फसाइएको हो,’ उनले थपे, ‘वास्तविकता अन्वेषण गरेर सत्य बाहिर ल्याउन मेरो आग्रह छ।’

ढुंगेलको सम्मानमा नेकपाका नेता तथा कार्यकर्ता र समर्थकहरुको सहभासगता थियो। ढुंगेलमाथि ०५५ सालमा ओखलढुंगाको पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जिल्ला अदालत ओखलढुंगाले कैद सजाय तोकेको थियो। तत्कालीन पुनरावेदन अदालत राजविराजले सफाइ दिएपछि ०६४ सालको संविधानसभाको चुनावमा ओखलढुंगाबाट निर्वा्िचत ुभएका थिए। ०६६ मा सर्वोच्चले जिल्ला अदालतको फैसला सदर गरेपछि ०७४ सालमा पक्राउ परी जेलमा सजाय भोगिरहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.