|

सल्यान : एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्लाको शारदा नगरपालिका -५ श्रीचौरमा प्रहरी हवल्दार अन्दाजी ३४ वर्षका रमेश थापा बुधबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

नारायण नगरपालिका - ८ दैलेख घर भई हाल इलाका प्रहरी कार्यालय मैनापोखरा बर्दियामा कार्यरत प्रहरी हवल्दार थापा सल्यानमा ससुराली आएको बेला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

मृतक थापाको बिहीबार जिल्ला अस्पतालमा पोष्टमार्टम भएको प्रहरी प्रमुख डिएसपी भरतबहादुर विकले जनाएका छन्। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.