|

संयुक्त राज्य अमेरिकाले स्थायी बसोबासका लागि प्रदान गर्ने ‘ग्रिन कार्ड’को आवेदन दिनेमा तीन चौथाई भारतीय रहेका सरकारी तथ्यांकले देखाएको छ। अमेरिकाको स्थायी बसोबासका लागि भारतीय नागरिकहरू लामो समयदेखि प्रतीक्षामा रहेको अमेरिकी सरकारी तथ्यांकले देखाएको हो। 

सन् २०१८ मेसम्ममा तीन लाख ९५ हजार २५ विदेशी नागरिकहरूले कामदार वर्गअन्तर्गत ग्रिन कार्डकन लागि आवेदन गरेका छन्, जसमध्ये तीन लाख छ हजार ६०१ जना भारतीय रहेको युस सिटिजन एन्ड इमिग्रेसन सर्भिस (युएससिआइएस)को तथ्यांकले देखाएको छ। 

भारतीय अमेरिकी, जो दक्ष कामदारको रूपमा चिनिन्छन्, उनीहरूले मुख्यतया एच–१बी वर्क भिसाका लागि आवेदन दिने गरेका छन्। तर हालै अमेरिकी सरकारले आप्रवासन प्रणालीमा परिवर्तन गर्दै सात प्रतिशत कोटा लागू गरिएको छ।

अमेरिकी वर्क भिसाका लागि आवेदनमा भारतीय नागरिकलाई पछाडि चिनियाँ नागरिक दोस्रो स्थान देखिएका छन्। इमिग्रेसन सर्भिसका अनुसार ६७ हजार ३१ चिनियाँ नागरिकले ग्रिन कार्डका लागि आवेदन दिएका छन् भने अन्य देशका नागरिक १० हजारको संख्याभन्दा तल रहेका छन्।

त्यस्तै, अन्य देशहरूमा एल सल्भाडोर सात हजार २५२ जना, ग्वाटेमाला छ हजार २७ जना, होन्डुरस पाँच हजार ४०२ जना, फिलिपिन्स एक हजार २९१ जना, मेक्सिको ७०० जना र भियतनाबाट ५२१ जनाले अमेरिकी वर्क भिसाका लागि अवेदन दिएका छन्।

तर अमेरिकी सरकारले ग्रिन कार्डका लागि आवेदन दिएका देशमध्येबाट सात प्रतिशत भिसा मात्र जारी गर्ने निर्णय गरेको छ। हालको आवेदन हेर्दा अबको ७० वर्षपछि मात्रै आवेदन दिएका सबै भारतीयहरूले ग्रिन कार्ड प्राप्त गरिसक्नेछन्। भर्खरै सुरु गरिएको ग्रुप जिसिरिफर्मस डट ओरजीका अनुसार कोटा निर्धारणका कारण दक्ष आप्रवासी कामदार मानिएका भारतीयले ग्रिन कार्ड प्राप्त गर्नका लागि २५ देखि ९२ वर्षसम्म कुर्नुपर्ने भएको छ।

अमेरिकी ग्रिन कार्डलाई अमेरिकामा स्थायी रूपमा बस्न पाउने आधार मानिन्छ र यो प्राप्त भएपछि अमेरिकी नागरिक सरहका सुविधाहरू प्राप्त हुन्छन्। ग्रिन कार्ड प्राप्त गर्न जुनसुकै देशका नागरिकले अमेरिकामा वैधानिक रूपमा स्थानीय सरह काम गर्ने सुविधा पाउँछन्। 

एजेन्सी

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.