|

हेटौँडा : प्रदेश ३ को प्रदेशसभा बैठकमा आगामी आर्थिक बर्ष ०७५÷०७६ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेशसभा बैठकमा बिहीबार सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रम निर्णार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो। 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित राप्रपा र राप्रपा प्रजातान्त्रिकले नीति तथा कार्यक्रमको विपक्षमा रहेपछि विधेयक बहुमतले स्वीकृत भएको थियो। नेमकिपा र विवेकशिल साझा पार्टी निर्णयमा मौन रहेका थिए। यसअघि नीति तथा कार्यक्रममाथि प्रभात तामाङ, सन्तबहादुर चेपाङ, विजुला वर्मा, विजया श्रेष्ठ केसी र रिता माझीले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

उनीहरूले २०८५ सम्ममा विभिन्न शहरमा पेट्रोलबाट चल्ने सवारी प्रतिवन्ध लगाउने प्रस्ताव हटाउनुपर्ने, चेपाङ बाहुल्य मकवानपुरको राक्सिराङ गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने, जनता आवास कार्यक्रमलाई व्यवस्थित गर्नुपर्ने, छोरीलाई सम्पत्तिको हक उपलब्ध हुनुपर्ने भीमफेदी–कुलेखानी सुरुङ मार्गलाई चेपाङ–वनकरिया सुरुङ मार्ग नामाकरण गर्नुपर्नेलगायतका संशोधन राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.