सन् २००६ देखि दिन थालियो नक्कली ट्रफी

|

फुटबलको महाकुम्भ– विश्वकप आउन ६ दिन मात्र बाँकी छ। एसियाली देश रसियामा हुने विश्वकपको २१ औं संस्करण सुरु हुनै लाग्दा विश्वभरका फुटबल समर्थकमाझ यसको 'सरगर्मी' बढी सकेको छ। 

३२ राष्ट्रले विश्वकप खेले पनि विश्वमै यसको प्रभाव छ। विश्वकपको बारेमा अहिले चिया पसल सामाजिक सञ्जाल र चोक चोकमा यसबारे बहस हुन थालेको छ।मन पर्ने टिमका जर्सी लगाएर समर्थन गर्नेको बाक्लो उपस्थितिले नेपाललाई पनि तताएको छ। 

सन् १९३० मा पहिलोपटक उरुग्वेमा आयोजना भएको विश्वकप संसारको सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामध्ये एक हो। सन् १९३० मा भएको पहिलो विश्वकपको विजेता आयोजक उरुग्वेले नै जितेको थियो। 

विश्वकपको २१ औं संकरणसम्म आइपुग्दा अनेकौ विवादास्पद घटनाहरू भएका छन्।  त्यो मध्येको विश्वकपको चोरी प्रकरणले विश्वकपको ट्रफी नै फेर्नुपर्ने दबाब बढ्याे। तेस्रो पटक चोरी भएको ट्रफी अष्ट्रेलियाका दलालले पगालेर गहना नै बनाए।  पहिलेको ट्रफी बदलेर अहिले नयाँ बनाउने फिफाले निर्णय गर्‍यो। सन् १९३० देखि २०७० सम्म आइपुग्दा विश्वविजेता ब्राजिलले तीनपटक विश्वकप जित्दै सक्कली ट्रफी गायब बनायो।

सुरक्षा जोखिम बढेपछि सन् २००६ को जर्मन विश्वकप पछि भने विजेतालाई फाइनलको दिन मात्रै सक्कली ट्रफी दिने र घर फर्किने बेलामा ‘रिप्लिका’ दिने गरेको छ। सन् २००० सम्म विजेता टिमलाई सक्कली ट्रफी दिँदै आएको फिफाले सन् २००६ देखि नक्कली ट्रफी दिने गरेको छ।

सक्कली ट्रफीलाई फिफाले जुरिचस्थित आफ्नो संग्रहालयमा राख्ने गरेको छ। विश्वकपको आयोजक देशको घोषणा समारोह र विश्वकपको फाइनलमा मात्र सक्कली ट्रफी सार्वजनिक गरिन्छ। यस्तै विश्वकप ट्रफी टूरका बेलामा विशेष सुरक्षा र विशेष विमानमा ट्रफीलाई विश्व घुमाइन्छ। अहिलेको विश्वकपको ट्रफीमा जुन देशले विश्वकप जितेको छ त्यो देशको भाषामा नाम लेखिन्छ।

सन् १९७० सम्म जुलेस रेमिट ट्रफी ३५ सेन्टिमिटर अग्लो र ३.८ किलो तौलको थियो। त्यसमा पूरै २४ क्यारेट सुनको प्रयोग गरिएको थियो। अहिलेको ट्रफी ३६ दशलमव पाँच सेन्टिमिटर अग्लो र ६.१७ किलो तौलको ट्रफीमा ४.९२७ किलो १८ क्यारेटको सुन प्रयोग गरिएको छ। 

एजेन्सीकाे सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.