|

अमेरिकाको टेक्सासमा एक व्यक्तिलाई सर्पको काटिएको टाउकोले डसेको छ।सर्पको विषको असरलाई कम गर्नका लागि ती व्यक्तिलाई औषधीको २६ डोज दिनुपर्‍यो।

जेनिफर सटक्लिफले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार उनका श्रीमान् जेरमी बगैंचामा काम गरिरहेका थिए। त्यहाँ उनले चार फुट लामो विषालु सर्प देखे। अप्रिय घटना हुनसक्ने भन्दै उनले सर्पको टाउको काटिदिए।

मरेको सर्प फ्याँक्न जाने क्रममा काटिएको टाउकोले उनलाई डस्यो।जेनिफरले सर्पले डसेलगत्तै जेरमीको शरीरमा विष फैलिएको बताइन्। त्यसपछि उनलाई कोपर्स क्रिप्टिस्थित उनको घरबाट विमानमा राखेर अस्पताल पुर्‍याइयो।

एक हप्ता अस्पतालबाट बसेपछि अब उनी खतरामुक्त छन्। यद्यपि, उनको मृगौलामा थोरै समस्या छ।

सर्प मरेको थुप्रै घण्टासम्म पनि त्यसको टाउको जिउँदो रहने र यसले डस्न सक्ने एरिजोना विश्वविद्यालयकी निर्देशक तथा एन्टिभेनन विषयविज्ञ ल्यासली बोयरले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.