|

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिंगापुरमा जुन १२ हुने शिखर बैठक राम्ररी अघि बढे उत्तर कोरियाली नेता किम जोङ उनलाई ह्वाइट हाउसको भ्रमणको निम्ता दिने संकेत गरेका छन्।

जुन १२ मा हुने शिखर बैठकबारे जापानी प्रधानमन्त्री सिन्जो आबेसँग छलफल गरेपछि उनले त्यस्तो संकेत दिएका हुन्। उनले कोरियाली युद्ध अन्त्य गर्नेबारे सम्झौता हुने सम्भावना रहेको भन्दै उनले त्यसलाई वार्ताको ’सजिलो अंश’ भनेका छन्।

अमेरिका र उसका साझेदारहरूले उत्तर कोरियाले परमाणु अस्त्र त्याग्नुपर्ने बताउँदै आएका छन्। ह्वाइट हाउसमा बोल्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले किम जोङ उनले परमाणु निशस्त्रीकरणका लागि तयार रहेको अनुभव गरेको बताए।

ट्रम्पले शिखर बैठक राम्ररी अघि नबढे आफू त्यसबाट बाहिरिन पूर्ण रूपमा तयार रहेको भन्दै वार्ता राम्रो नभए किम जोङ उनलाई वासिङटन भ्रमणको निम्तो नदिने उल्लेख गरे। ‘यदि सबै राम्ररी अघि बढ्यो भन्दै त्यसलाई राम्रो अर्थमा लिन सकिन्छ,’ उनले भने, ‘मलाई लाग्छ त्यसलाई सकारात्मक रूपमा लिइनेछ र त्यस्तो हुनसक्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.