|

दाङ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा पहरुवामा शुक्रबार बिहान भएको बस दुर्घटनामा परी एक भारतीय मृत्यु भएको छ। घटनामा ३१ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

मृत्यु हुनेमा भारत उत्तर प्रदेश लखिनपुरका पाँच वर्षका बालक मुरली मोहमद रहेका वडा प्रहरी कार्यालय लमहीमा प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए। घाइते सबैको लमही अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ।

जनकपुरबाट नेपालगन्जका लागि छुटेको ना५ख १८२९ न को यात्रुबाहक बस बिहान करिब साढे ६ बजे राप्ती गाउँपालिका वडा न ५ को पहरुवामा दुर्घटना भएको हो। बस तीव्र गतिमा रहेको र चालक निदाएकोले बस दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.