नेपाल कृषिप्रधान मुलुक हो यहाँको कुल जनसंख्याको ७० प्रतिशत नागरिक कृषिमा निर्भर रहेका छन्। सिंचाइ विभागसँग मुलुकको कुल खेतीयोग्य ३० लाख ९१ हजार हेक्टर छ। जसमध्ये १९ हजार हेक्टरमा सिंचाइ सुविधा पुगेको तथ्यांक छ। खेतीयोग्य जमिनमध्ये १५ लाख ५२ हेक्टरमा धान खेती हुन्छ।
पछिल्लो समयमा नेपालमा कृषि क्षेत्रमा आधुनिक प्रविधिको भित्रिँदै गएको छ। तराईका केही क्षेत्रमा बाली लगाउनेदेखि भित्र्याउनसम्म मेसिनको प्रयोग हुँदै आएको छ। तर, अधिकांश क्षेत्रमा आधुनिक प्रविधि भित्रिसकेको छैन।
नेपालका विभिन्न क्षेत्रमा अझै पनि परम्परागत रूपमा नै खेती गर्ने चलन छ। त्यो परम्परागत प्रणालीमा समयसँगै कति परिवर्तन भए होला, हामीलाई कौतुहल लाग्नु स्वभाविक छ। त्यस कौतुहललाई करिब ५० वर्षअघि नेपालका विभिन्न क्षेत्रमा बाली भित्र्याउँदै गरेको यी फोटोले मेटाउन सहयोग गर्ला कि? यहाँ प्रस्तुत गरिएका फोटो विभिन्न काममा आएका विदेशी नागरिकले सन् १९६५ देखि १९७५ सम्म खिचेका हुन्।
मुगुको रारा (सन् १९७५), फोटो : पिटर भोन मर्टेन्स
काठमाडौं (सन् १९६९), फोटो : रोजर क्रेन्ज ललितपुरको पाटन (सन् १९६५), फोटो : ब्रायन कुक तनहुँको बन्दिपुर (सन् १९६५), फोटो : विल हेन्सन् कास्कीको घान्द्रुक, (सन् १९७५), फोटो : पिटर भोन मर्देन्स चितवनको गीतानगर (सन् १९६७), फोटो : रिचर्ड पिट एण्ड्रुज काठमाडौं (सन् १९६५), फोटो : ब्रायन कुक
तपाईंको ईमेल गोप्य राखिनेछ ।