|

दैलेख : रातो कुर्ता र सुरुवाल, सिउँदोमा सिन्दूर, रातै सल साथमा दुई नाबालिका छोरी। उनको निन्याउरो अनुहार, त्यहाँ छट्पटी र पीडा प्रस्टै झल्किन्थ्यो। आँसुु र पीडाको अर्को रोदन देखिन्थ्यो। नक्कली हासोको सहारा लिई हास्न खोज्दै थिइन् उनी। हामीले उनका पीडा बुझ्न खोज्यौँ। हजाराँै पीडाले गलेजस्तै देखिने महिलालाई हामीले सोधिहाल्यौँ। ‘तपार्इंको नाम?’ उनको जवाफ आयो, ‘मेरो नाम नैनसरा नेपाली हो।’ हामीले अर्को पश्न गर्न नपाउँदै उनी एकोहोरो बोल्दै थिइन् यी मेरा दुई छोरीहरु हुन्।’ उनको अनुहारमा देखिएको पीडा झनै खोतल्न खोज्याँै। उनी भन्दै गइन् हामी सुन्दै गर्‍यौँ।

उनका एक छोरा र तीन छोरीहरु रहेछन्। १५ वर्षकी जेठी छोरी सपना नेपाली सुर्खेतको एक सरकारी विद्यालयमा पढ्दै आएकी रहिछन्। ७ वर्षका छोरा सौरभ नेपाली पनि सुर्खेतकै सेडा स्कुलमा पढ्दै रहेछन्। जेठी छोरी र छोरालाई अंकलले पढाउँदै आएको उनले सुनाइन्। अन्य दुई छोरीहरु सिर्जना नेपाली र पूmलमाया नेपाली अहिलेसम्म पनि विद्यालयमा जान सकेका रहेनछन्। 

मदिरा पिउने बानीले परिवारको विचल्ली
श्रीमानको बारेमा केही पनि जानकारी छैन उनले भनिन्। हामी झनै आश्चर्यमा पर्‍यौँ, उनका सबै पीडाहरु खोतल्ने हामीले निधो गर्‍यौँ।
श्रीमानले मदिरा अत्याधिक पिउने भएका कारण चार जना छोरा छोरीको परिवार नै विचल्लीमा परेको रहेछ। सुर्खेतको धुलियाविठमा बस्दै आएको परिवार बिचल्लीमा पर्नका कारण मदिरा रहेछ। उनका श्रीमान राजेन्द्र नेपाली दिनहुँ मदिरा सेवन गर्ने र परिवारको चिन्ता नै नगर्ने भएपछि दुई छोरीलाई संगै थिएर पिलाडी आएकी रहिछन्। श्रीमानले कहाँ के गर्दैछन् भन्ने थाहा नभएको उनले बताइन्। उनका श्रीमान अन्यत्रैबाट बसाइँसरी सुर्खेतको धुलियाविठमा आएका रहेछन्।

‘श्रीमानले सधैँ मदिरा सेवन गर्नुभयो, परिवारको चिन्ता कहिल्यै गर्नुभएन,’ उनले भनिन्, ‘वर्षौंदेखि यस्तो पीडा भोग्दै आएको भए पनि माइतीमा कोही नभएका कारण आउन सकेकी थिइनँ सहनै नसकेपछि माइती गाउँको शरणमा आएकी हुँ।’ पिलाडी उनको माइती गाउँ रहेछ। माइतीमा पनि कोही नभएको उनले सुनाइन्। श्रीमानले मदिरा सेवन गरी दिनहुँ कुटपिट गर्ने र छोराछोरीको भविष्यको चिन्ता नै नगर्ने भएपछि उनी माइतीगाउँको शरणमा आइपुगेकी रहिछन्। माइती गाउँमा आमा बुबा र दाजु भाइहरु नभएका कारण स्थानीय व्यक्तिको गोठमा बस्दै आएको नैनसराले सुनाइन्।

भारी बोकेर भविष्य खोज्दै
‘अर्काको गोठमा बसेकी छु, अर्काको भारी बोक्छु, दाउरा बोक्छु, बारी खन्छु, यस्तै यस्तै काम गरेर दुई छोरीलाई पालिरहेकी छु’ त्यहि गोठमा बसेरै दुई छोरीहरु भविष्य खोज्दै छु’ उनले भनिन्। छोरीहरुको भविष्यका लागि भए पनि गाउँपालिका र वडाले आफूलाई केही सहयोग गर्न आग्रह गरिन्। गाउँपालिकाले आपूmलाई व्यावसायिक तालिम दिएको भए पनि यि दुई छोरीहरुको भविष्य खोज्न सहज हुने थियो,  ‘जाऊँ भने कहाँ जाऊँ, श्रीमानको ठेगान छैन्, जेठी छोरी र छोराको हेरचाह अंकलले गर्नुभएकै छ,’ उनले भनिन् ‘दुई साना छोरीहरुको भविष्य यही माइती गाउँमा खोज्छु’ उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.