|

उदयपुर : जिल्लामा गएको ६ महिनामा ३० वटा मानवअधिकार उलंघनका घटना घटेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले शुक्रबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ मा समेटिने घटनाहरूको पूर्व समीक्षा कार्यक्रममा यस्तो तथ्यांक देखाइएको हो।

घटनामध्ये वम विस्फोटबाट बालक घाइते १, घरेलु हिंसा ९ वटा, महिला बलात्कार तथा बलात्कारका प्रयास ९ वटा, बालिकामाथि बलात्कार र बलात्कार प्रयास ५ वटा, अपहरणपछि बालिका बलात्कार १ वटा, वहुविवाह २, कर्मचारीमाथि दुर्व्यवहार २ र जनप्रतिनिधिमाथि दुव्र्यवहार १ वटा रहेको जिल्ला प्रतिनिधि भरत खड्काले जानकारी दिए। 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले हिंसा न्युनिकरणका लागि जनप्रतिनिधिहरू जुन रुपमा काम गर्ने थियो त्यो नगरेको गुनासो गरे। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले कानुन कार्यान्वयनमा जोड दिँदै प्रहरी मानव अधिकार प्रति जिम्वेवार रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.