|

रौतहट : गौरभन्सार कार्यालयको राजस्वमा ब्यापक चुहावट भएको कारण ह्वातै राजस्व घटेको छ। गत वर्ष लक्ष्यभन्दा २३ प्रतिशत बढी राजस्व संकलन गरेको गौर भन्सारले यस लक्ष्यभन्दा वर्ष आठ करोडभन्दा कम राजस्व संकलन हुने निश्चित भएको छ। 

गौर भन्सार कार्यालय रौतहटले १७ करोड ४४ लाखको वार्षिक लक्ष्य लिए पनि राजश्व संकलनमा भने कमी आएको छ। साउनदेखि बैशाखसम्ममा भन्सार कार्यालयले नौ करोड ११ लाख राजश्व संकलन गरेको छ। 

पौषसम्ममा भन्सार कार्यालय करिव पाँच करोड २२ लाख राजश्व संकलन गरे पनि पछिल्लो तीन महिनामा राजश्व संकलनमा वृद्धि भएको जनाएको छ। अगामी एक महिनाको अवधिमा राजश्व संकलन लक्ष्यमा पुग्ने अनुमान गरिए पनि त्यो पूरा नहुने देखिएको छ। भन्सार कार्यालयले एक महिनाको अवधिमा करिव आठ करोडभन्दा वढि राजश्व संकलन गर्नुपर्ने छ। 

गत वर्षको तुलनामा दोब्बर लक्ष्य लिएको र प्रविधिको जडान लगायतका विविध कारणले तोकिएको राजश्व संकलन गर्ने नसकिएको गौर भन्सार कार्यालयका भन्सार अधिकृत बिमल साहले बताए। आयात निर्यातमा संकेत अर्थात ‘एक्जिम कोड’ भएकाले मात्र कारोवार गर्न पाउने भएपछि राजश्व संकलनमा प्रभावित भएको उनको भनाइ छ। 

यसअघि आर्थिक वर्ष २०७३/०७४ मा भने गौरभन्सार कार्यालयले तोकिएको लक्ष्यभन्दा २३.८२ प्रतिशत बढी राजश्व संकलन गरेको थियो। गत वर्ष १० करोड ९४ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा १३ करोड ४५ लाख राजश्व संकलन भएको गौर भन्सार कार्यालयले जनाएको छ। 

यसैबीच गौर भन्सार कार्यालयले सवारी साधन लिलामी प्रक्रियाअघि बढाएको समेत जनाएको छ। करिव १० वटा चार चक्के र सयवटा मोटरसाइकल भन्सार कार्यालयमा रहेको जनाइएको छ। लामो समयदेखि गौर भन्सार कार्यालयले सवारी साधन लिलाम गर्न सकेको छैन। 

यता स्थानीय व्यापारीहरूले भने भन्सार अधिकृत साहले सवारी साधनको पार्टस बेच्ने गरेको आरोप लगाएका छन्। प्रहरीेले चालु हालतमा सवारी साधन भन्सार बुझाएको भएता पनि भन्सारका कर्मचारीले स्थानीय ‘वर्कसपवाला’ व्यापारीहरूसँग साठगाठ गरी सवारी साधनको काम लाग्न खालको पार्टस बेच्ने गरेको स्थानीयले आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.