|

संखुवासभा : सशस्त्र प्रहरीको ट्रकमा अवैध रूपमा सखुवाका काठ तस्करी भएको घटना छानविनका लागि तीन सदस्यी छानविन समिति गठन भएको छ। गत सोमबार धनकुटाको मुलघाटबाट अरुण गुल्म सशस्त्र प्रहरी चैनपुरको बा १ झ १६६९ नम्बरको ट्रकमा राखेर अवैध ढंगले सखुवाको काठ धरानतर्फ लैजाँदै गर्दा पक्राउ परेको थियो। 

घटना यस्तो थियो

सशस्त्र प्रहरी बल औधोगिक सुरक्षा गण मोरङ सलकपुरमा एपपी गुणाकर खनालको संयोजकत्वमा बुधबार तीन सदस्यीय टोली अरुण गुल्म पुगेका थिए। गत फागुन महिनामा गुल्म भवन निर्माण गर्ने भन्दै सशस्त्र प्रहरीका डिएसपी रामप्रसाद भण्डारी आवश्यक काठ उपलब्ध गराउन आहाले सिस्ने सल्लेरी सामुदायिक वनमा समक्ष माग गरेका थिए। 

गुल्मका डिएसपी भण्डारीले काठ आवश्यक परेको भन्दै समूहमा माग गरेपछि चिलाउने जातको एक रुख दिइएको समूहका अध्यक्ष उद्धवप्रसाद गौतमले बताए। पुनः गुल्ममा सयजना जवान थप हुने भन्दै भवन निर्माण गर्नुपर्ने भएकाले झ्याल, ढोकाका लागि सखुवाको काठ आवश्यक परेको भन्दै इलाका वन कार्यालय चैनपुरबाट सिफारिस ल्याए तर सिफारिस स्वीकृत नहुँदै काठ काटेर गुल्म ल्याएको अध्यक्ष गौतमले बताए। काठ ल्याइसकेपछि डीएसपीले ५० क्यूफीट काठ लगेको जानकारी गराएको गौतमको भनाइ छ। 

५० कि सय क्युफिट!

तर गाडीबाट बरामद गरिएको काठ सय क्युबिक फिट भनिए पनि अझै यकिन हुन नसकेको एआइजी मन्दीप श्रेष्ठले बताए। बरामद गरिएको काठ सामुदायिक वनको लेटरप्याडमा सशस्त्र प्रहरी बल अरुण गुल्मलाई ५० क्यूफिट उल्लेख गरिएको भए पनि सो परिणामभन्दा बढी रहेको बताइएको छ। 

मुलघाटस्थित चेक पोष्टले बरामद गरिएको काठ कति परिणामको हो खुल्न नसकेको र त्यसको चेक–जाँचबाट प्रमाणित गरेर जिल्ला वन कार्यालय धनकुटा बुझाइने एआइजी श्रेष्ठले जानकारी दिए। 

घटनामा संलग्न भएका अरुण गुल्म संखुवासभाका डीएसपी रामप्रसाद भण्डारीलाई छानविनका लागि पकली बोलाएको छ। तस्करको आरोप लागेका डिएसपी भण्डारीको बारेमा इन्सपेक्टर गिरीले जानकारी दिएनन्। छानविन समितिले प्रतिवेदन तयार गरी चाँडै सार्वजनिक गर्ने बाहिनीका एआइजी श्रेष्ठले बताए। काठ तस्करमा प्रयोग गरिएको गाडी बाहिनी लगिएको छ।

सशस्त्र प्रहरीको गाडीबाट काठ तस्करी, डिएसपी र सवारी साधन नियन्त्रणमा 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.