|

काठमाडौं : पछिल्लो समयका व्यस्त गायक सुमन केसीको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रबार युट्युव च्यानल 'त्रिकोण क्रु मिडिया'बाट 'मेटिन्न तिम्रो तस्वीर' बोलको गीत रिलिज गरिएको हो।

सार्वजनिक उक्त गीतमा विनोद शर्मा 'सानुभाइ'को शब्द र रमेश कडरियाको संगीत रहेको छ। गीतको एरेन्जर फडीन्द्र राई हुन्।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अनिल थापा र आशा गौतमको अभिनय रहेको छ। निकै सुन्दर लेकेसनमा खिचिएको भिडियोमा अनिल र आशाको प्रेमलाई प्रस्तुत गरिएको छ।

राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्। भिडियोमा सुरेश काफ्लेले ड्रोन चलाएका छन् भने सुप्रिम पराजुलीले सम्पादनको जिम्मा लिएका छन्।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.