|

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको हत्या गर्ने योजना भइरहेको सार्वजनिक भएसँगै भारतीय सरकार उनको सुरक्षामा गम्भीर भएको छ। मोदीको भारतका विभिन्न राज्यमा सशस्त्र विद्रोह गरिरहेको माओवादीले हत्या गर्ने योजना बनाइरहेको सार्वजनिक गरिएको थियो।

उक्त कुरा सार्वजनिक भएसँगै मोदीको सुरक्षा प्रति सरकार गम्भीर रहेको गृह मन्त्री राजनाथ सिंहले बताएका हुन्।

“हामी प्रधानमन्त्रीको सुरक्षाका बारेमा सधै गम्भीर छौं, माओवादीहरूले हार्ने लडाई लडिरहेका छन्, उनीहरू अहिले दश जिल्लामा मात्रै सक्रिय छन्,” जम्मु र काश्मिरको दुई दिने भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा सिंहले भने।

प्रहरीले बिहीबार मात्रै पुनेबाट पक्राउ गरिएका पाँच जनामध्ये एक जनाबाट भारतीय कम्युनिष्ट पार्टी (माओवादी)सँग संलग्नता रहेको पुष्टि हुने एउटा ‘पत्र’ पाएको र पक्राउ गरिएको जनाएको छ।

उनीहरूले प्रधानमन्त्री मोदी र पूर्व प्रधानमन्त्री तथा नेता राजीव गान्धीको प्रकृतिको हत्याको योजना बनाइरहेको प्रहरीले अदालतलाई बताएको छ।

गृहमन्त्री सिंहले नक्शालवादीहरूको हिंसा चाडै नै अन्त्य हुने दावी पनि गरेका छन्। विद्रोहीहरू १३५ जिल्लाबाट ९० जिल्लामा खुम्चिइसकेको र दश जिल्लामा मात्रै सक्रिय भएको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.