|

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र घुँडा टेकेको अवस्थामा रहेको बताएका छन्। १ नम्बर प्रदेशसभालाई सम्बोधन गर्न विराटनगर आएका विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै अघिल्लो सरकारले जथाभावि बिनायोजना र कार्यक्रमका आधारमा बजेट विनियोजन गरेर अर्थतन्त्रलाई धराशायी बनाएको कारण यसपटक आफूले सोचेजस्तो बजेट आउन नसकेको बताए। प्रधानमन्त्री ओलीले ११ बजे बस्ने प्रदेशसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उनले अगाडिको सरकारले ९ खबर राजस्व उठेमध्ये साढे ७ खर्ब यतिकै ठेक्का पट्टामा बाँडिएको बताए। त्यो दायित्व वर्तमान सरकारले लिनुपर्ने भएको कारण कतिपय सामाजिक सुरक्षा, स्वास्थ्य सुरक्षाको विषयमा बजेट बढाउन नसकिएको उनले बताए। सामाजिक सुरक्षा भत्तालगायतका सेवा सुविधा बढाउने विषयमा आफूहरु गम्भिरतापूर्वक सोचिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भताभुंग पारिएका अर्थतन्त्रका क्षेत्रलाई ठीक ट्रयाकमा ल्याउन सरकार लागिपरेको बताए।

कांग्रेसले एकलौटी ढंगले सरकारले पेलेर जान खोजेको भनेर सार्वजनिक गरेको अभिव्यक्ति प्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले आफूहरु सर्बसम्मतीले देश बनाउन लागेको बताए। कांग्रेसलाई पेल्ने होइन, मिलेर अघि बढ्ने पक्षमा आफूहरु रहेका प्रधानमन्त्रीले बताए। संघीय समाजवादीसँग जहाँ जहाँ जस्तो अवस्थामा छ त्यस्तो अवस्थामा मिलेल देश बनाउने मनसायका साथ सरकारमा सहभागी गराएको उनले बताए।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले प्रदेशको संरचना नयाँ भएको कारण सबै पक्षबाट उपर्युक्त ढंगले काम गर्न केही समय लाग्ने बताए। प्रदेशलाई संरचना हस्तान्तरण र कर्मचारीको विषयमा प्रदेश सरकारका मन्त्री तथा मुख्यमन्त्रीहरुले कुरा उठाइरहेको प्रति कुरा गर्दै उनले सबैचिज व्यवस्थित भइसके पछि काम सामान्य ढंगले हुने बताए। यद्यपि केहीले चिन्ताका साथ कुरा उठाएको भए पनि केही मानिसहरुले प्रश्नका लागि प्रश्न मात्रै गरेको उनको टिप्पणी थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.