|

पर्वत : मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ खिंगास्थित कालोभीरमा भएको ट्याक्टर दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्। सदरमुकाम जोमसोमबाट खिंगामा निर्माण सामग्री पुर्‍याई फर्किइरहेको ग १ त ४० ३८ नम्बरको ट्याक्टर सडकको नालीमा पल्टिएको हो। 

भिरालो सडकमा अनियन्त्रित भई कालोपत्रे सडकको नालीमा पल्टिएको इलाका प्रहरी कार्यालय मुक्तिनाथका प्रहरी सहायक निरीक्षक चित्रबहादुर केसीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा ट्याक्टर चालक बाराको गढीमाई नगरपालिका ३ घर भएका २५ वर्षीय कृष्ण राई र सहचालक म्याग्दी घर भएका १८ वर्षीय अजय रोका गम्भीर घाइते छन्। घाइते दुवै जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.