|

दैलेख : दैलेखको नौमुले गाउँपालिका–७ पैतीकी एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ। २८ वर्षीया सितला बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक बजीरसिंह विष्टले जानकारी दिए।

सिलाजुपाखा भन्ने वनमा घाँस काटेर फर्किंदै गर्दा आँसी उद्याउने गल्फा भन्ने ठाउँमा बोकेको भारी भित्तामा ठोकिँदा चिप्लेर झन्डै ८० मिटर तल ठूलाखोलामा खसेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

भीरबाट खस्दा टाउको फुटेको र शरीरभरी चोट लागेको खोलाको किनारमा खसेको अवस्थामा गोठाला गएका तिलबहादुर बस्नेत र घटनास्थलनजिक घट्ट कुरुवा जंगबहादुर बस्नेतले पानी खुवाएलगत्तै प्राण गएको पारिवारका सदस्यले बताए।

साथैमा घाँस काट्न गएकी काइली देवरानी निर्मला विक अगाडि भएको कारण जेठानी सितला भीरमा खसेको आवाज आएपछि मात्र थाहा पाएकी थिइन्। सितलाले बोकेको घाँसको भारी अहिले पनि भीरमै अड्किएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.