|

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एक ढिक्का हुनुको विकल्प नभएको बताएका छन्। शनिबार नेपाली कांग्रेस डडेल्धुराको जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले कम्युनिष्टले देशको नेतृत्व गरिरहेका बेला पार्टी एक हुन जरुरी रहेको बताएका हुन्। 

प्रतिनिधिसभा निर्वाचन जितेपछि पहिलो पटक गृहजिल्ला डडेल्धुरा आएका पूर्वप्रधानमन्त्री देउवाले नेता तथा कार्यकर्ताहरूलाई एक ढिक्का भएर लाग्न निर्देशन समेत दिएका छन्। सभापति देउवाले पार्टीलाई पुरानै अवस्थामा ल्याएरै छोड्ने दाबी समेत गरेका छन्। पार्टीलाई पुरानै अवस्थामा ल्याएरै अर्को निर्वाचनामा विजय गराएरै फेरि कांग्रेसले नै सरकारको नेतृत्व गर्ने उनको भनाइ छ।

‘अहिले बेलाको पार्टी एक हुन जरुरी छ।’ देउवाले भने, ‘पार्टीमा एक भएर लाग्नुस्, एकभएर हिड्नुस्, पार्टी पुरानै ठाउँमा ल्याएर छोडिनेछ।’ उनले अघि थपे, 'पार्टीलाई पुरानै अवस्थामा  ल्याएर विजय गराई कांग्रेसले सरकार बनाउँछ।’ कम्युनिष्ट नेतृत्वको सरकार अधिनायकवादी सरकार भएको उनले आरोप समेत लगाए। देउवाले भने, ‘यो सरकार अधिनायकवादी सरकार हो।’ सरकारले जनताका हितविरुद्ध काम गरे त्यो कांग्रेसलाई कुनै हालतमा स्वीकार्य नहुने बताए। 

आफूले अघि सारेको कार्यक्रम ओली सरकारले खाइदिएको उल्लेख गर्दै उनले सरकारको चर्को आलोचना गरे। ‘मैले लागू गरेको वृद्धभत्ता, किड्नी तथा कलेजो क्यान्सर विरामीका लागि दिएको भत्ता अहिलेको सरकारले हटाएको छ’ सभापति देउवाले भने, ‘सरकारले मैले भनेको सबै कुरामा बजेट पनि घटाएको छ।’ साथै देउवाले निर्वाचनमा टिकट एकले मात्रै पाउने भएकाले उसलाई जिताउनुको सट्टा हराउन लाग्न नहुने उनले बताए। हराउन लागेपछि टिकट पाउनले कसरी निर्वाचन जित्न छ? देउवाले प्रश्न गरे। ‘चुनावमा टिकट त एउटैले पाउँछ। त्यस कारण पाउनलेलाई नपाउनेले हराउन लाग्नु हुँदैन,' देउवाले भने, 'त्यसो गरे टिकट पाउने कहाँबाट अगाडि बढ्छ।’

अर्को प्रसंगमा देउवाले डडेल्धुरा देशकै महत्पूर्ण भएको बताउँदै आफूलाई प्रदेश ७ को राजधानी मन हुँदा हुँदै पनि विभिन्न कठिनाइका कारण राजधानी बनाउन नसकेको बताए। राजधानीका लागि डडेल्धुरामा उपयुक्त पूर्वाधार नभएकाले राजधानी रोक्न नसकेको उनको भनाइ छ। पूर्वप्रधानमन्त्री देउवाले डडेल्धुरालाई पर्यटकीय राजधानी बनाउन सक्ने बताए। प्रदेश ७ कै सुन्दर जिल्ला भएकाले यसलाई पर्यटकीय राजधानीका रुपमा विकास गरे यहाँ संसारभरिका व्यक्तिहरू आउने उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.