|

बैतडी : नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीमा पदाधिकारी चयन विषयमा विवाद भएको छ। जिल्ला सभापति नरेन्द्रसिंह थापाले एकलौटी रूपमा पदाधिकारीलाईसमेत जानकारी नदिई उपसभापति पदमा चतुरबहादुर चन्दलाई मनोनयन गरेको आरोप लगाएको छ। 

जिल्ला सचिव वीरबहादुर बिष्टका अनुसार पार्टीसभापतिले नै शनिबारका लागि जिल्ला कार्यसमितिको बैठक डाकेको तर अध्यक्षता गर्नका लागि पार्टी सभापतिले आनाकानी गरेका छन्। जिल्ला सचिव बिष्ट, जिल्ला कोषाध्यक्ष रमेश पाण्डेयलगायत १२ जना जिल्ला कार्यसमितिका सदस्य र आमन्त्रित सदस्यसहित बसेको बैठकले सभापतिले एकलौटी रुपमा उपसभापतिलाई विधानविपरीत मनोनयन गरेको भन्दै खारेज गर्ने निर्णय गरेको हो। 

यस्तै केन्द्रीय कार्यसमितिको परिपत्रअनुुसार राय सुझाव पेस गर्नका लागि क्षेत्रीय समितिहरूलाई आग्रह गर्ने निर्णय गरेको छ। यसैगरी, नेपाली कांग्रेसले चारतारे चौतारी अभियान भाग–३ सञ्चालन गर्ने निर्णयसमेत गरेको जिल्ला सचिव बिष्टले जानकारी दिए। बैतडी कांग्रेसमा पछिल्लो समयमा देखिएका गतिविधिका बारेमा केन्द्रीय समितिलाई जानकारी गराउने निर्णयसमेत भएको उनले बताए। यता सभापति थापाले आफूले विधान सम्मत उपसभापति पदमा चतुरबहादुर चन्दलाई मनोनयन गरेको दाबी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.