विश्व

ट्रम्प लागे सिंगापुरतर्फ, १२ जुनमा उनसँग भेट हुने
SHARES

जेठ २७, २०७५

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्याडनामा भएकाे जी–७ काे  बैठक सकाएर ट्रम्प सिंगापुरतर्फ प्रस्थान गरेका छन्। जहाँ ट्रम्पले कोरियाली नेता किम जोङ उनसँग जुन १२ मा ऐतिहासिक वार्ता गर्दै छन्।

    ट्रम्पले आफ्नो देशमा आउने स्टील र अल्मुनियममा लगाइएको आयात करका विषयमा पुनर्विचार गरिने बताएका छन्। क्यानडाको क्यूबेकमा भएको औद्योगिक देशहरुको संगठन जी सेभेनको बैठकमा स्टील र अल्मुनियममा अमेरिकाले लगाएको आयात करप्रति अरु मुलुकले आपत्ति जनाएका थिए। उक्त कर फिर्ता गर्नुपर्ने जस्ता विषयमा सहमति नबनेपनि ट्रम्पले भने आफूले कर अन्त्य गर्ने प्रस्ताव राखेको जानकारी दिएका हुन।

    कर लगाएमा मित्र देशहरु असन्तुष्ट बनेको स्वीकार्दै ट्रम्पले अरु विषयमा भएका छलफल निकै फलदायी बनेको पनि जिकिर गरे। अमेरिकाले स्टीलमा २५ र अल्मुनियममा १० प्रतिशत आयात कर लगाएपछि क्यानडा, जापान, जर्मनीलगायतका देशले आपत्ति जनाएका छन्।

    यद्यपि, जी सेभेनका मुलुकका नेताले बैठकको अन्त्यमा साझा विषयमा भएका छलफल समेटेर प्रेस वक्तव्य निकालेका छन् ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]