खेलकुद

सलाहले राष्ट्रपतिसँगकाे भेटमा भने, म फिट हुन्छु
SHARES

जेठ २७, २०७५

    इजिप्टका विश्व चर्चित स्ट्राइकर मोहमद सलाहले आगामी शुक्रबार हुने विश्वकपको पहिलो खेलमा नै आफु टिममा फर्कने विश्वास राष्ट्रपति अब्देल फता अल सिसिलाई दिलाएका छन्। अाफ्नाे टिम रुस प्रस्थान गर्नुअघि राष्ट्रपतिसँग भेट गर्दै लिभरपुल स्टार सलाहले आफु पहिलो खेलबाट नै मैदानमा उत्रने बताए। इजिप्टले पहिलो खेल आगामी शुक्रबार उरुग्वेविरुद्ध खेल्दैछ।

    सलाह च्याम्पियन्स लिग फाइनलका दौरान रियल म्याड्रिडका कप्तान रामोसले ट्याकल गर्दा काँघको चोट परी मैदानबाट बाहिरिएका थिए। कप्तान सलाहले पछिल्लो पटक डक्टरले दिएको फिटनेश उपलब्धिको जानकारीअनुसार पहिलो खेलबाट नै टिममा फर्कन सक्ने आशामा रहेको राष्ट्रपतिलाई जानकारी दिएका थिए।

    यसअघिका रिपोर्टहरुमा सलाहले पहिलो खेल गुमाउने बताइएको थियो। तर, उनको रिकभरी निकै राम्रो भएको भन्दै पहिलो खेलमा फर्कने विश्वास इजिप्टले लिएको छ। राष्ट्रपतिसँगको कुराकानीमा निकै आत्माविश्वासी देखिएका सलाहले यकटेरनबर्गमा हुने उरुग्वेविरुद्धको खेलमा फर्कनेमा आफुलाई आश्वस्त पारे।

    उनले राष्ट्रपतिसँग भने ‘म बाचा गर्छु, मैले आफ्नोतर्फबाट इजिप्टका जनताले देखेको सपनालाई पूरा गर्न सक्दो प्रयास गर्नेछु।’ उनले अहिले धेरै सहज महसुस गरिरहेको जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]