|

बैतडी : वर्षातको समयमा बैतडीका विभिन्न ठाउँका नागरिक कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। वर्षा याम सुरु भएसँगै कच्ची सडकहरूमा गाडी चलाउन निकै समस्या हुने गरेको यातायात व्यवसायीहरू बताउँछन्।

जिल्लाको पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, विफ्याकटाल–ढुंगाड, ढोल्यामोड–हाट, श्रीभावर–कुवाकोट, सतबाँझ–श्रीभावर, देहीमाण्डौं–गिरेगडा, गोठलापानी–सेरा, सिल्लेगडा–कटौजपानी, अनारखोली–कैलपाललगायतका सडकखण्डमा वर्षा याममा गाडी चलाउन समस्या हुने गरेको छ। जिप चालक किशोर मडैले भने, ‘कच्ची सडकमा गाडी चलाउन निकै समस्या हुन्छ।’

वर्षा याममा ती सडकमध्ये धेरैमा गाडी सञ्चालन हुँदैन। सीमित सवारी साधन मात्र सञ्चालनमा आउने भएकाले क्षमताभन्दा बढी यात्रु बोक्नु पर्ने हुन्छ। ग्रामीण क्षेत्रमा सीमित सवारी साधन चल्ने भएकाले बाध्य भएर जोखिम मोल्नुपर्ने सुर्नया गाउँपालिकाका प्रकाश भाटले बताए। कच्ची र साँघुरा सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने भएकाले दुर्घटनाको जोखिम पनि उत्तिकै हुने गरेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.