|

काठमाडौं : जापानको टोकियोमा पहिलो पटक हुन गइरहेको ‘सूर्य इन्टरनेसनल अवार्ड– २०१८’को फारम खुला गरिएको छ। आयोजक संस्थाले विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो। आगामी सेप्टेम्बर १६ अर्थात् भदौ ३१ गते उक्त अवार्ड हुने जनाइएको छ। उक्त अवार्डमा फिल्म र संगीततर्फबाट ६/६ गरी १२ विधा रहने आयोजकले जानकारी दिएको छ।

अवार्डमा उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकार महिला र पुरुष गरी छ विधा र संगीततर्फ लोक, पप र आधुनिक गायक/गायिका गरी छ विधा राखिएको छ। विश्वभरबाट अनलाइन तथा सामाजिक संजालमार्फत् भोटिङ हुने र भोटिङबाट नै पपुलर अवार्ड वितरण गर्ने आयोजक संस्थाका अध्यक्ष वासुदेव लामिछानेले बताए।

नेपाली अवार्डको गरिमा र अवार्ड समारोहका बारेमा बेला बखत हुने विवाद तथा चर्चालाई अन्त्य गर्न र यस्ता अवार्डहरूबाट फरक रहन सूर्य इन्टरनेसनल अवार्ड- २०१८ लाई भोटिङ प्रक्रियामा संचालन गरिने विज्ञप्तिमा उल्लेख छ। यही जेठ मसान्तसम्म अवार्डका लागि फारम भर्न पाइनेछ।

अवार्डका लागि हाल जापान र नेपालमा भव्य तयारी भइरहेको लामिछानेले बताए। यस्तै, अवार्ड समारोहमा तीन दर्जन बढी कलाकर्मीहरू र केही पत्रकारहरू जापानको एउटै मंचमा देखिने आयोजकले बताएको छ। अवार्ड समारोहमा कमेडी, नृत्य, गायनलगायतका वृहत सांस्कृतिक प्रस्तुतिहरू पनि रहनेछन्।

यता, नेपालमा कलाकर्मी व्यवस्थापन र फारम वितरण तथा संकलन गर्न संचारकर्मी नरेश भट्टराई र चलचित्र पत्रकार संघ नेपालका सचिव समीर बलामीलाई जिम्मेवारी दिइएको लामिछानेले बताए। विधागत सूची दर्ताका लागि बलामी फिल्म इन्टरटेन्मेन्टका समीर बलामीसँग सहकार्य गर्न विज्ञप्ति आह्वान गरिएको छ।

दर्ता समूह

फिल्मतर्फ

१. उत्कृष्ट फिल्म

२. उत्कृष्ट निर्देशक

३. उत्कृष्ट सहअभिनेता

४. उत्कृष्ट सहअभिनेत्री

५. उत्कृष्ट अभिनेता

६. उत्कृष्ट अभिनेत्री

गीततर्फ

पप

१. उत्कृष्ट गायक

२. उत्कृष्ट गायिका

आधुनिक

१. उत्कृष्ट गायक

२. उत्कृष्ट गायिका

लोक

१. उत्कृष्ट गायक

२. उत्कृष्ट गायिका

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.