|

काठमाडौं : महानायक राजेश हमाल फिल्मी पर्दामा फर्किने पक्का भएको छ। शनिबार परेको उनको ५४ जन्मोत्सवको अवसर पारेर यो कुरा बाहिर ल्याइएको हो। राजेश दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ फिल्ममा अनुवन्धित भएका हुन्। फिल्मको नाम भने जुराइसकिएको छैन।

राजेशले दिनेश निर्देशित फिल्म 'शकुन्तला'मा काम गरेका छन्। शकुन्तला नै उनको पछिल्लो फिल्म थियो। उक्त फिल्म फ्लप भएपछि उनी फिल्मको पर्दामा देखिएका थिएनन्।

राजेश यस फिल्ममा विलकुल नयाँ अवतारमा देखिने निर्देशक दिनेशले बताए। उनले भने, 'हामी यस फिल्ममा राजेश दाइलाई विलकुलै भिन्न र च्यालेन्जिङ अवतारमा प्रस्तुत गर्नेछौँ।' लामो समयदेखि गृहकार्य भइरहेको यस फिल्म निर्माणको अन्तिम चरणमा पुगेको पनि निर्देशक दिनेशले बताए।

हमालले यस फिल्ममा चार अभिनेत्रीसँग रोमान्स गर्नेछन् तर फिल्ममा रहने चार अभिनेत्री भने फाइनल भइसकेका छैनन्। फिल्मलाई अनिल पाण्डे, प्रिन्स युवराज कार्की, शिवराज कार्कीलगायतले संयुक्त रूपमा निर्माण गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.