|

काठमाडौं : हाल फिल्म 'छक्का पञ्जा ३'को सुटिङ भइरहेको छ। यतिबेला निर्माण युनिट पोखराको घले गाउँ पुगेर फिल्मको एक्सन सिन कैद गरिरहेको छ।

यसै क्रममा फिल्म छायाँकनको एक दृष्य सार्वजनिक भएको छ। सार्वजनिक उक्त तस्विरमा फिल्मका मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वुद्धि तमाङ एक्सन अवतारमा देखिएका छन्। त्यस्तै निर्देशक दिपाश्री निरौला 'फ्रेम' लगाइरहेकी छिन्।

बैशाख २८ गते देखि छायाँकन सुरु गरेको फिल्म 'छक्का पन्जा ३'को छायाँकन अन्तिम चरणमा पुगेको छ। काठमाडौंमा शुभ मुर्हत गर्दै सुरु भएको फिल्मको छायांकन चित्लाङ, बाग्लुङ, पर्वत हुँदै पोखरा पुगेको हो। पोखरमा केही दिनको सुटिङ सेड्युल सकेर फिल्म युनिट काठमाडौं फर्किने र बाँकी छायाँकन काठमाडौंमै गरिने निर्माण युनिटले बताएको छ।

फिल्ममा दीपक, जितु, केदार, बुद्धिसँगै दिपिका प्रसाई,  निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ। फिल्ममा प्रियंका कार्कीको पनि केमियो रहने छ।

दिपकराज गिरी कथा रहेको फिल्ममा दिपक, जीतु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने छ। पुरुषोत्तम प्रधानले फिल्मको छायाँकन गरिरहेका छन्। फिल्मलाई दशौंमा रिलिज गर्ने निर्माण युनिटले घोषणा गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.