|

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने शिखर वार्तामा सहभागी हुन सिंगापुर पुगेका छन्।

सिंगापुरको सेन्तोसा रिसोर्टमा मंगलबार आयोजना हुन लागेको ऐतिहासिक शिखर वार्तामा सहभागी हुन किम जोङ उन सिंगापुर पुगेका हुन्।

किम ह्वाइटहाउसमा कार्यरत अमेरिकी राष्ट्रपतिलाई भेट्ने पहिलो उत्तर कोरियाली सर्वोच्च नेता हुनेछन्।

किमसँग छलफलमा सहभागी हुन सिंगापुर उड्नुअघि ट्रम्पले शान्तिका लागि पहल गर्न लागेको बताए। उनले सही रुपमा गोप्य ठाउँमा शान्तिका लागि वार्ता हुन लागेको बताए। ट्रम्प पनि आजै सिंगापुर पुग्ने कार्यक्रम रहेको छ।

सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सिंगापुर पुगेको सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन्।

ह्वाइट हाउसले यो शिखर सम्मेलनबाट कोरियाली प्रायद्वीपलाई परमाणू हतियार मुक्त क्षेत्र बनाउनेमा राम्रो सुरुवात हुने विश्वास लिएको बीबीसीले लेखेको छ।

किम र ट्रम्पबीच पछिल्लो डेढ वर्ष निक्कै उतारचावपूर्ण सम्बन्ध रहेको थियो। उनीहरूले एकअर्कालाई हेप्ने र चेतावनी एवं धम्की दिने गरेका थिए।

सम्मेलन पूर्व दुवै नेताले सिंगापुरका प्रधानमन्त्री ली हसिन लूङलाई भेट्ने कार्यक्रम रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.