|
File Photo

कास्की : पोखराका विभिन्न ठाउँमा पाँच प्याराग्लाइडिङ खसेका छन्। सबैभन्दा बढी फेवातालमा तीन, मालेपाटनमा दुई र मेथलाङको डाँडामा एउटा प्याराग्लाइडिङ खसेको पाइलट हरि गिरीले जानकारी दिए। उनका अनुसार हालसम्म कुनै अप्रिय घटना भएको छैन।

तालमा खसेका दुई वटाको उद्धार भएको र अरुको खोजि भइरहेको प्रहरीले जानकारी दिएको छ। मानवीय क्षतिबारे अहिलेसम्म खुल्न सकेको छैन। प्रहरी खटाएर खोजी भइरहेको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिए।

पोखरामा एक्कासी आएको हावाहुरी सहितको पानीले सराङकोटबाट उडेका प्याराग्लाइडिङ खसेका हुन्। आईतबार मात्रै सय भन्दा बढी प्याराग्लाइडिङ उडेका थिए। घटनाबारे थप विवरण आउन बाँकी छ।

हावाहुरीकै कारण फेवातालमा डुंगा पल्टिएको छ। मान्छे सवार नभएका कारण मानवीय क्षति नभएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। उद्दारका लागि रेस्क्यु टोली खटिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.