|

काठमाडौं : नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्षभित्र थप २५ वटा शाखा विस्तार गर्ने भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी आर्थिक वर्षभित्र थप २५ वटा स्थानमा शाखा विस्तार गर्ने योजना सार्वजनिक गरेका हुन्।

बैंकको हाल १२५ वटा शाखा रहेको छन्। प्रमुख कार्यकारी अधिकृत शाहले दुर्इ वर्षभित्र बैंकको शाखा २०० पुर्‍याउने लक्ष्य लिइएको पनि स्पष्ट पारे। दुर्इ वर्षअघि पूँजी पर्याप्तताको अभाव देखाउँदै नेपाल राष्ट्र बैंकले सो बैंकको शाखा विस्तारमा रोक लगाएको थियो। प्रमुख कार्यकारी अधिकृत शाहले अब पूँजी पुगिसकेकाले बैंकले आवश्यक स्थानमा शाखा खोल्न पाउने भएको पनि स्पष्ट पारे।

बैंकले शाखाहरूलाई ग्राहकमैत्री बनाउन आगामी आर्थिक वर्षभित्र २५ वटा शाखालाई स्मार्ट शाखाको रूपमा विकास गर्ने योजना पनि बनाएको छ। नेपाल बैंक लिमिटेडको हाल चुक्ता पूँजी आठ अर्ब पुगेको छ। विगत तीन वर्षमा कर्जा ५० अर्बबाट बढेर ८० अर्ब पुगेको छ। प्रति शेयर आम्दानीमा बैंक तेस्रो स्थानमा रहेको पनि बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.