|

अछाम : अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको तुर्माखाद गाउँपालिका ४ जुय की १६ वर्षीया पार्वती बुढाको शनिबार राति मृत्यु भएको हो।

घर नजिकैको गोठछानामा सुतेकी बुढालाई राति सर्पले डसेको थियो। भाइ र बहिनीसँगै सुतेकी बुढाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको तुर्माखाद गाउँपालिकाका उपाध्यक्ष अमृता बुढाले बताइन्। मृतक बुढाले स्थानीय विश्वज्योति माध्यामिक विद्यालयबाट एसइइको परीक्षा दिएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.