साहित्य

‘फ्रम इन्डियाज फ्रिडम टु नेपाल्स डेमोक्रेसी’ बजारमा
SHARES

जेठ २७, २०७५

    काठमाडौं : पहिलो नेपाली फिल्म राजा हरिश्चन्द्रका निर्देशक तथा नेपाली कांग्रेसका संस्थापक डिबी परिहार (परियार)को संस्मरणमा आधारित पुस्तक ‘फ्रम इन्डियाज फ्रिडम टु नेपाल्स डेमोक्रेसी’ शनिबार काठमाडौंमा आयोजित पुस्तक प्रदर्शनीस्थलमा सार्वजनिक भएको छ।

    नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य जीवन परियार, फिल्म निर्माता तथा निर्देशक यादव खरेल लगायतले पुस्तक सार्वजनिक गरेका हुन्।

    अध्येता शंकर तिवारीले सम्पादन तथा शिखा बुक्सले प्रकाशन गरेको  पुस्तकमाथि टिप्पणी गर्दै कांग्रेस उपसभापति निधिले नेपाली कांग्रेसले डिबी परियारलाई स्यालुट गर्नुपर्ने बताए। निधिले अगाडि थपे, 'कांग्रेस स्थापनापछि बनारस, कलकत्ता र दिल्लीमा च्याप्टर बनेको थियो। बनारसमा कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो, कलकत्तामा डिबी परियार। अधिनायकवादप्रति र ब्रिटिस साम्राज्यवादप्रति विद्रोह गर्नुपर्छ र नेपाल–भारतले नै आजादी पाउनुपर्छ भन्ने विचारमा उहाँ सधैं अग्रसर हुनुहुन्थ्यो।'

    सुवासचन्द्र बोस नजरबन्दमा छँदा छ वर्षको उमेरमै रोटी पुर्‍याउने र चिठी आदानप्रदान गर्ने परियारको आँटी स्वभाव तथा परियारले नेपाल र भारतमा बिताएको राजनीतिक, सामाजिक जीवनका धेरै तथ्य पुस्तकले उजागर गरेको उनले बताए।

    यस्तै, फिल्म निर्माता तथा निर्देशक यादव खरेलले भने, 'फिल्म राजा हरिश्चन्द्र नै पहिलो नेपाली फिल्म भएको प्रस्ट पार्दै आफू तत्कालीन शाही नेपाली चलचित्र संस्थानको अध्यक्ष हुँदा राजा हरिश्चन्द्र फिल्मबारे अध्ययन गर्दा डब गरेको नपाएको बताए। यसको पोस्टरमा डिबीको नाम नहुँदा कतिपयले उनको फिल्म नभएको र पछि नेपालीमा डबिङ गरेको पनि भन्ने गरेका छन् तर त्यस्तो होइन।'

    कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले २००४ सालमै कलकत्ताबाट काठमाडौं आएर परियारले कांग्रेसको पर्चा छाडेको प्रसंगबाट पनि राणाशासन हटाउन उनी कति सक्रिय थिए भनेर पुष्टि हुने बताए।

    आफूले २००४ सालदेखि उनका समकालीन साथीहरूसँग कुरा गरेर सामग्री तयार गरेको भन्दै सम्पादक तिवारीले २०४१ फागुनमा सुरु गरी २०४२ वैशाखमा पूरा गरेर भोला चटर्जीलाई पठाएको लामो चिठीबाट पनि त्यसबेलाको निरासा, व्यावहारिक समस्यालाई चित्रण गरेको बताए। गान्धी दर्शन अध्ययनका लागि भारत गएका बेला चटर्जीलाई पढेपछि नै डिबी परियारसम्म पुगेको तिवारीले रचनागर्भ सुनाए।

    जम्मा २१२ पृष्ठमा संरचित पुस्तकको मूल्य ३२५ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]