|

काठमाडौ : राप्ती साहित्य परिषद्को आयोजनामा शनिबार काठमाडौंमा गीतकार/गजलकार डा. केशव शर्माद्वारा रचित तथा सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध गीत/गजल एल्बम 'सपना हजार'को विमोचन भयो। 

राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष एवम् दाङ शाखाका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसले एल्बमको विमोचन गरेका थिए भने एल्बमको समीक्षा गीतकार तथा गजलकार डा. कृष्णहरि बराल, संगीतकार राजु सिंह र साहित्यकार मोमिला जोशीले गरेका थिए।

वक्ताहरूले डा. शर्माको गीत/गजल लेखन तिखािरएको र सरल अनि सुन्द रहेको बताएका थिए भने संगीतकार सन्तोष श्रेष्ठले शर्माका गीत/गजललाई साँच्चै न्याय गरेको भन्दै प्रशंसासमेत गरेका थिए।

कार्यक्रममा एल्बमभित्रका तीनवटा गीत/गजलको म्युजिक भिडियोसमेत प्रस्तुत गरिएको थियो। तीनवटै म्युजिक भिडियोको निर्देशन रंगकर्मी नानी थापाले गरेकी हुन् भने तीनवटै भिडियोमा उनले जीवन्त अभिनयसमेत गरेकी छन्।

एल्बममा समाविष्ट सातवटा गीत एवं गजलहरूमा नौजना गायक गायिकाहरू संजीवनी, मनोजराज, शिव परियार, निशा देसार, विश्व नेपाली, मेलिना राई, राज सिग्देल, सि. डी. विजय अधिकारी र ईन्दु बानियाँको स्वर सुन्न सकिन्छ।

सिभिल इन्जिनियर डा. केशव शर्मा रुकुम जिल्लामा जन्मी हुर्की दाङपछि बाँकेमा बसोबास गर्दै हाल पेसाको सिलसिलामा अस्ट्रेलियाको ब्रिसबेनमा बस्दै आएका छन्।

कार्यक्रममा रासाप जिल्ला शाखा रोल्पाका अध्यक्ष कविता उपाध्याय र सल्यानका अध्यक्ष विष्णु शर्माको समेत उपस्थिति रहेको थियो। परिषद्का महासचिव रमेश सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त विमोचन कार्यक्रममाको सहजीकरण शारदा थापाले गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.