मनोरञ्जन

दिया र कृशलले जिते 'एसइइ मोडल हन्ट'को उपाधि
SHARES

जेठ २७, २०७५

    काठमाडौं : पहिलो संस्करणको एसइइ मोडल हन्ट २०१८ को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन्।

    डीएम इन्टरटेन्मेन्टको आयोजना र थ्रीडि नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै तनहुँकी १४ वर्षिया दिया श्रेष्ठ र बनेपा साँगाका १६ बर्षिय कृशल श्रेष्ठले जितेका हुन्।

    त्यस्तै, निशान चेम्जोङ लिम्बु र कृषा श्रेष्ठ फ्रस्ट रनर्स अप तथा समृवृद्धि गिरी र आयुष लामा सेकेन्ड रनर्स अप घोषित भए।

    काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो कार्यक्रममा उत्कृष्ट १५, उत्कृष्ट ५ हुँदै अन्तिम चरणमा विजेताको घोषणा गरिएको थियो ।

    प्रतियोगिता अन्तर्गत वेष्ट वाक स्पर्धामा दिया श्रेष्ठ र कृशल श्रेष्ठ, वेष्ट फिगर स्वेच्छा खड्गी, वेष्ट स्माईल रोजी श्रेष्ठ र अनिल कँडेल, मोस्ट कन्फिडेन्ट प्रिज्मा महर्जन र लक्की रे, मोस्ट फोटोजेनिक समृद्धि गिरी र निशान चेम्जोङ लिम्बु, मिस बब्ली स्मृती पुन घोषित भए।

    त्यस्तै,  मिस ट्यालेन्ट प्रशंसा सुवेदी, मोस्ट ग्ल्यामरस रिसिका महर्जन, मिस क्यारिसम्याटीक रोमिना मानन्धर, मिस इन्टेलिजेन्ट मानषी बम, वेष्ट हेयर मोनिका गुरुङ, मिस फेशन आईकन एनी पुजारी, मिस कन्जिनियल दिव्या पुरी, मिस फ्रेन्डली सुसिन श्रेष्ठ, मिस पर्सनालिटी स्वीकृति गिरी, मोस्ट डिसिप्लेन अनिसा इमाम र एनएल पुन, मिस्टर फ्रेन्डली सुसिन श्रेष्ठ, मिस पर्सनालिटी स्वीकृति गिरी घोषित भए।

     त्यस्तै, मोस्ट डिसिप्लेन अनिसा इमाम र एनएल पुन, मिस्टर फ्रेन्डली सुवास पण्डित, मिस्टर ट्यालेन्ट कुशल शाक्य, मिस्टर पर्सनालिटी कृशल श्रेष्ठ, मिस्टर पपुल र पर्सानालिटी एनएल पुन, बेस्ट स्पिकर  सुदर्शन खनाल र  मोनिका लामा, मिस पपुलर रिया डंगोल, मिस मल्टिमिडिया कृषा श्रेष्ठ, मोस्ट ब्यूटिफ्ल दिया श्रेष्ठ र बेष्ट ड्रेस भूमिका प्रधान कायस्थले अवार्ड हात पार्न सफल भएका छन्।

    देशका विभिन्न ठाउँ र स्कुललाई प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागी भएका प्रतिस्पर्धीहरूलाई म्यानहन्ट नेपाल इन्टरनेशनल विजेता सनिश शाक्य र इन्डियाज नेक्स्ट टप मोडलकी फ्रष्ट रनर अप सविता कार्कीले कोरियोग्राफी गरेका हुन्। प्रतियोगीहरूलाई ४० दिनसम्म विभिन्न तालिम तथा कार्यशालाहरू मार्फत प्रशिक्षण गरिएको थियो। करिब १ हजार दर्शक, अतिथिहरु, निर्णायक मण्डल र विभिन्न कलाकारहरूको प्रस्तुतीको साथमा ग्रान्ड फिनालेको समापन भएको आयोजक डेनी मगरले जानकारी दिए।

    प्रतियोगितामा रमेश उप्रेती, दिपक घिमिरे, सविता कार्की र अक्षय रायमाझी निर्णायकको भूमिका थिए। एसइइ मोडल हन्टका विजेता तथा उप विजेताले क्राउन सहित नगद पुरस्कार साथै कक्षा ११ र १२ अध्ययनको लागि पूर्ण छात्रावृति, विभिन्न गिफ्टहरू र प्रमाणपत्र प्राप्त गरेका छन्। सबैको कडा परिश्रम र राम्रो टिम वोर्कका कारण प्रतियोगिता निकै सफल भएको र आगामी दिनमा पनि ‘एसइइ मोडल हन्ट’ लाई अझै भब्य बनाउन ‘एसइइ मोडल हन्ट’ लाई हरेक वर्ष सिक्वेन्सको रुपमा आयोजना गर्ने थ्रीडि नेपालका रिदम कार्कीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]