|

रौतहट : रौतहटको राजपुरमा तीब्र गतिमा गुडिरहेको ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। राजपुर नगरपालिका १ बडहर्वा चौकमा ना.४ त ३८०५ नम्बरको ट्याक्टर तीब्र गतिमा गुडिरहेको ट्याक्टर अनियन्त्रित भई २० वर्षीय सुधीर सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

गौर चपुर सडक खण्डमा चपुरबाट गौरतर्फ आइरहेको ट्याक्टर बडहर्वामा अनियन्त्रित हुँदा गौर नगरपालिका ४ टिकुलिया निवासी सुधिरको घटनास्थलमै मृत्युु भएको हो। युवक सहनी घरायसी प्रयोजनको लागि ट्याक्टरमा बाँस ल्याउन बिहानै बाँसघारी पुगेका थिए।

सहनी गौरमै रहेको महर्षि वाल्मीकि क्याम्पसमा आइएसी दोस्रो तहमा पढ्दै थिए। सो ट्याक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.