|

सल्यान : अबिर वर्षाले सल्यानको पश्च्मिी क्षेत्रको सल्लीबजार डुबानमा परेको छ। जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १ को सल्लीबजारस्थित गैरीबजारमा शनिबार  राति बाढी पस्दा तीन दर्जनभन्दा बढि घर डुबानमा परेका छन्। उक्त स्थानमा तीन दर्जनभन्दा बढि पसल डुबानमा परेको स्थानीय गोपी सुनारले बताए। 

घरहरू डुबानमा परेपछि स्थानीय समस्यामा परेका छन्। डुबानबाट शितली विकको घर बगाएको छ भने किराना पसल थोक तथा फुटकर पसलमा ठूलो क्षति पुगेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ।

डुबानमा करोडभन्दा बढिको क्षति भएको हुन सक्न स्थानीयले बताएका छन्।

दुईवटा पुलमा समेत क्षति

यस्तै वर्षाले बन्दै गरेका दुईवटा पुलमा समेत क्षति पुर्‍याएको छ। छिन्चु जाजरकोट सडकखन्डमा निर्माणाधीन पुल बगाएको छ। साढे चार करोडको लागतमा निर्माण हुँदै गरेको पुलको सेटिङ बगाएको स्थानीयले बताएका छन्।

त्यसैगरी बाढीले सल्ली चौरजहारी सडकखण्डको त्रिवेणी बजारमा बन्दै गरेको पक्कि पुलमा क्षति पुर्‍याएको छ। छिन्चु जाजरकोट सडकखण्ड र रुकुम चौरहजारी सडकखण्डलाई पनि वर्षाले क्षति  पुर्‍याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.