|

पोखरा  : पत्रकार रुपनारायण ढकाललाई गजेन्द्र भण्डारी सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत गरिने भएको छ। नेपाल पत्रकार महासंघद्वारा संचालित स्वर्गीय युवा पत्रकार गजेन्द्र भण्डारीको स्मृतिमा उनको परिवारजनद्वारा स्थापित उक्त पुरस्कार युवा पत्रकार रिसेन्टफ्युजन डट कमका सम्पादक, द हिमालयन टाइम्स रिपोर्टर ढकाललाई प्रदान गरिने भएको महासंघ कास्कीले जनाएको छ।

महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको ३५औं बैठकले पत्रकार ढकाललाई उक्त पुरस्कार अपर्ण गर्ने निर्णय गरेको महासंघका सह–सचिव दीननाथ बरालले बताए। महासंघका पूर्व अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाको संयोजकत्वमा गजेन्द्र भण्डारी सृजनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ को प्रतिभा छनौट समिति गठन भएको थियो। समितिले दिएको सिफारिसको आधारमा महासंघले पत्रकार ढकाललाई नै यस वर्ष सम्मान गर्ने निर्णय भएको हो। समितिमा श्यामनाथ कुवंर र रतन गुरुङ रहेका थिए। उक्त पुस्कारको राशि २५ हजार रुपैयाँ रहेको सचिव रामप्रसाद तिमिल्सिनाले जनाए।

पोखरा लेखनाथ महानगरपालिका-३२ सातमुहाने स्थायी घर भएका पत्रकार ढकाल २०५४ सालदेखि गगन साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए। उनले जनमत दैनिक, पोखरापत्र दैनिक, समाधान दैनिक, राजधानी दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, दक्षिण कोरियाको अंग्रेजी भाषाको ओमाई न्यूज इन्टरनेश्नल वेबसाइटलगायतका संघसंस्थामा काम गरेका थिए। अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका उनले नेपाल पत्रकार महासंघ, नेपाल प्रेस इन्ष्टिच्यूट, पोखरा उद्योग वाणिज्य संघ र एच डब्लू के माइन्ज जर्मनी तथा अमेरिकी दूतावासलगायतका संस्थाबाट खोजमूलक, आर्थिक र सम्पादनसम्बन्धी दर्जन बढी तालिमहरू लिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.