|
प्रतीकत्मक तस्विर

जनकपुरधाम : प्रचण्ड घाम तथा तातो हावाको क्रम तीन दिनदेखि लगातार बढ्दै गएपछि बालबालिकालाई मध्यनजर गर्दै धनुषा विद्यालयहरू बन्द गरिएको छ। धनुषासहित आसपासको जिल्लामा प्रचण्ड गर्मी र तातो हावाका कारण स्कुले बालबालिकाहरू प्रभावित हुन थालेपछि धनुषाका नीजि विद्यालयहरू तीन दिनका लागि बन्द गरिएको हो।

मापदण्डविना नै दजर्नौ स्कुलहरू निर्वाध रूपले सञ्चालनमा रहेको जनकपुरका अधिकांस स्कुलहरूमा प्रचण्ड घामको  बेला जस्ताको छानामुनी पढ्न बाध्य विद्यार्थीहरू गर्मीले मुर्छित हुन थालेपछि एन–प्याब्सन धनुषाले तीन दिने विदा  घोषणा गरेको छ। एन–प्याब्सन धनुषाका अध्यक्ष चन्द्रनारायण मण्डलले जनकपुरसहित तराई–मधेशका जिल्लामा बढिरहेको तापक्रमलाई मध्यनजर गर्दै विद्यार्थीहरूको स्वास्थ्यको ख्याल गरी तत्काल दिने विदाको घोषणा गरिएको जानकारी दिए।

यद्यपि केही विद्यालयहरूमा परीक्षा चलिरहेको समयमा विद्यालयबाट फर्किने समयमा गर्मीले बालबालिकाको स्वास्थमा प्रतिकूल असर पार्दै आएको छ।

जनकपुरमा पछिल्लो तीन दिन यता यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ। वायुमण्डल सफा रहँदा सूर्यको किरणले जिउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनकपुरले जनाएको छ।

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या परेको छ। अत्याधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ। वायुमण्डलीय तापक्रम बढिरहँदा शुक्रबारदेखि आइतबारसम्म यस सिजनकै सबैभन्दा बढी ४० डिग्री सेल्सियससम्म तापक्रम मापन गरियो।

गत वर्ष २०७४ को श्रावणमा जनकपुरमा पछिल्लो वर्षकै सबैभन्दा बढी ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। जलवायु तथा मौसम कार्यालय जनकपुरका प्रमुख मुनेश मिश्राले मध्य तथा पूर्वी तराईका जिल्लाहरूमा अझै केही साता तापक्रम बढ्ने क्रम रहने जनाए।

गर्मी बढेपछि चिसो पेय पदार्थसँगै फलफूल र जुसको व्यापार बढेको  छ। मध्यान्ह र अपरान्ह सरकारी कार्यालय सहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ। नियमित विद्युत आपूर्ति नहुँदा बढ्दो गर्मीमा सर्वसधारण झनै पिरोलिएका छन्। छाला ढाक्ने कपडा लगाउन, घाममा हिँड्दा नियमित अन्तरालमा बसेर शितल पानीले मुख–हात धुन चिकित्सकहरूले सुझाव दिएका छन्।

पानी बढी पिउने, सक्दो प्राकृतिक हावा अथवा छहारीमा बस्ने तथा घाममा निस्कँदा छाता लगाएर निस्कन चिकित्सकहरू सुझाउँछन्। नियमित पानी पर्दा वायुमण्डलीय तापक्रम घटाउन फरक पार्ने भएपनि पछिल्लो एक सातामा पानी परेको छैन्। मनसुनको कतै कुनै अत्तोपत्तो छैन्। जसले गर्दा गर्मी बढ्ने क्रममा रहँदा सर्वसधारण अझै बढी छटपटिएका छन्। ’लु’ लागेर ज्यानै जान सक्ने सम्भावना पनि रहने हुँदा अत्याधिक गर्मी महसुस भएमा सतर्कता अपनाउनुपर्ने हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.