अर्थ

विनाब्याज उद्यमीलाई पाँच लाख ऋण
SHARES

जेठ २७, २०७५

    गुल्मी : गुल्मीका तीन समूहलाई जिल्ला युवा समितिको कार्यलयले विनाधितो र विना ब्याज पाँच लाख रुपैयाँका दरले ऋण हस्तान्तरण गरेको छ।

    कार्यलयले एक कार्यक्रमका बीच इन्द्रेणी बहुउद्देश्यीय युवा कृषक समूह छत्रकोट गाउँपालिका १, सालिमे उन्नत पशुपालन तथा दूग्ध उत्पादन समूह मुसिकोट नगरपालिका ७ र उर्लेनी बहुउद्देश्यीय युवा कृषक समूह कालिगण्डकी गाउँपालिका ६ समूह रहेका छन्। कार्यक्रममा समूहका अध्यक्षलाई जिल्ला युवा समिति गुल्मीका अध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले चेक र व्यानर दिएर हस्तातरण गरेका थिए।

    विनाधितो, विना ब्याज युवा उद्यमीलाई यसरी पाँच लाख रुपैयाँ दिएर  प्रोत्साहन गरेकाले अझ उद्यम गर्ने उत्साह जागेको इन्द्रेणी  बहुउद्देश्यीय युवा कृषक समूहका होम पल्लीले बताए। युवाहरूलाई विदेशमा गएर १६ घण्टा काम गर्नुभन्दा नेपालमै ब्यवसाय गर्नका लागि उनले आग्रह गरे पल्लीले अहिले कुखुरा, बाख्र ब्यवसाय  र तरकारी खेती गर्दै आएका छन्।

    समितिले रोजगारीको खोजीमा दिनानुदिन विदेशीदै गरेका युवाहरूको क्षेत्रमा सीप मुलक तालिम, व्यवसायीक ऋण, सरकारी तथा गैरसरकारी निकायको सहयोग एवं अनुदानमा केन्द्रित गराई स्वदेशमै रोजगार तथा स्वरोजगार का अवसरहरू सिर्जना गर्ने उद्देश्य  राखेको अध्यक्ष कुँवरले बताए। जिल्ला युवा समितिले १५ जना युवाहरूको लागि एक महिनासम्म जिप कार ड्राभिङ तालिमसमेत सुरु गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]