|

दैलेख : भारतको ब्यांगलोरमा बेचिएका महिला र बालकको उद्धार गरिएको छ। आफ्नै श्रीमानबाट बेचिएकी महिला र बालक  (उनका छोरा)लाई भारतको ब्यांगलोरबाट उद्धार गरिएको हो।

उद्धार गरिएका मध्ये महिलाको उमेर १८ वर्ष र बालकको उमेर दुर्इ वर्ष रहेको जनाएको छ। उद्धार गरिएका १८ वर्षकी महिला र उनका दुई वर्षीय छोरा दैलेखको रहेको बताइएको छ। भारतमा बेचिएकी महिला र बालकको माइतीपक्षले गत जेठ ९ गते मानव बेचबिखन परेको भन्दै दिएको निवेदनका आधारमा उनीहरूलाई उद्धार गरिएको हो।

श्रीमान् गत दुर्इ वर्षदेखि भारतको ब्यांगलोर साझापुरमा बसोवास गर्ने र श्रीमान्ले आइकन कम्पनीमा काम गर्दै आएको उद्धार गरिएकी महिलाले बताइन्। 'चार महिनाअघि बजार घुम्न गएका थियौँ। श्रीमाले 'तिमी घर जाउँ, म एकछिनपछि आउछुँ भन्नुभयो।' म घर गएँ, घरमा पुग्ने वित्तिकै एक्कासी अन्जान व्यक्तिहरूले जर्बजस्ती सेतो पाउडर मुखमा सुँघाएर बेहोस बनाएर अपरिचित ठाउँमा लिएर राखे', उनले भनिन्।

बेहोस बनाएर लगेका अपरिचित व्यक्तिहरूले हामीले दुर्इ लाख २० हजार भारतीय रुपैयाँमा तिमीलाई किनेका हौ, तिन बर्षपछि तिम्रो छोरालाई हामीले लैजाने हो भन्दै दिनुहुँ मानसिक तनाव दिने गरेको उद्धार गरिएकी महिलाले बताइन्। 'अपरिचित व्यक्तिहरुले पलास्टिक कारखानामा लगेर राखेका थिए, दिनुहुँ मानसिक तनाव दिन्थे', उनले भनिन् ।

एक वर्षअघि  श्रीमान्सँगै भारत गएकी उनी छ महिनाअघि मात्रै ब्यांगलोरमा बस्न थालेकी थिइन्।

१८ वर्षीया महिला र दुर्इ वर्षीय बालक बेचबिखनमा परेको भन्दै उनका माइती पक्षले दिएको निवेदनका आधारमा दैलेख जिल्लामा महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र शक्ति समूह काठमाडौंको पहलमा महिला र बालकको उद्धार गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.