|

राजविराज : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित पुलमा ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

सोमबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ५४५६ नम्बरको ट्र्याक्टर अनियन्त्रत भई पुलमा ठोक्किँदा ट्र्याक्टरमा सवार खडक नगरपालिका–४ का १६ वर्षीय किरणकुमार रामको मृत्यु भएको हो। 

दुर्घटनामा परी गम्भीर घाइते भएका रामको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। दुर्घटनामा परी घाइते भएका खडक नगरपालिका–३ का ३५ वर्षीय सञ्जयकुमार चौधरीको उपचार लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ। 

ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.