|

रौतहट : गत शनिबार रातिदेखि अपहरणमा परेका कटहरिया नगरपालिका–९ डुमरिया टोलका एक बालकको सोमबार हत्या भएको छ। अहेब दीलिप साहको १२ वर्षीय छोरा युवराज साहको अपहरणकारीले हत्या गरेको प्रहरीले जनाएको छ।

बालकको घरभन्दा १५ किलोमिटर टाढा गढीमाई नगरपालिका–५ स्थित मदनपुरको बागमती नदी किनारमा गोली हानी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय गरुडका प्रहरी निरीक्षक चर्तुभुज ओझाले बताए। बालकको अपहरण भएदेखि नै प्रहरीले खोजी कार्य तीव्र पारेको थियो। खोजी कार्य कै क्रममा सोमबार बिहान बालकको शव फेला परेको हो।

हत्या आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटहरीया–९ डुमरियाका १९ वर्षीय शक्ति राय यादव, २० वर्षीय प्रविण राय यादव, २० वर्षीय सुनिलकुमार यादव र वृन्दावन नगरपालिका आकरपाथरका १८ वर्षीय विनोदकुमार पटेल, र २० वर्षीय रविकुमार पटेल रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तहरुको वयानबाट बालकको लाश फेला परेको प्रहरी निरीक्षक ओझाले बताए। अपहरणकारीले बालकको परिवारसँग एक करोड रुपैयाँ फिरौती माग गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.