राजनीति

युवा संघ र वाइसिएल एकीकरण प्रक्रिया सुरु
SHARES

जेठ २८, २०७५

    काठमाडौं : तत्कालीन एमाले र माओवादी एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेसँगै उनीहरूका भातृ संगठन र मातहतका समिति एकता प्रक्रिया अगाडि बढेको छ। यसैबीच तत्कालिन एमालेको संगठन युवा संघ नेपाल र माओवादीको संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणका लागि गठित कार्यदलले यहीँ जेठ ३० गते युवा संघको स्थायी कमिटी बैठक बोलाएको छ।

    सोही दिन वाइसिएलको पनि केन्द्रीय सचिवालय बैठक बस्ने र ३१ गते सोही कमिटीको संयुक्त बैठक बस्ने र एकताका लागि भएका कार्यक्रमको समीक्षा गरिने बताइएको छ।

    पार्टीले युवा संघका इन्चार्ज महेन्द्रबहादुर पाण्डे, वाइसिएलका इन्चार्ज मणि थापा तथा युवा संघका अध्यक्ष रमेश पौडेल र वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) रहेको कार्यदल गठन गरेको थियो।

    युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणपछि निर्माण हुने संगठनलाई तल्लो तहदेखि नै शक्ति सन्तुलनको सिद्धान्तमा अगाडि बढाइने भएको छ।

    एकीकरणका लागि गठन गरिएको विधान तथा संगठन मस्यौदा समितिले माक्र्सवाद र लेलिनवादलाई सैद्धान्तिक आधार बनाउने र देशभरका संगठनमा शक्ति पृथकीकरणलाई अभ्यास गरिने कार्यविधि तयार गरेको छ।

    तल्लो तहमा नयाँ संगठनलाई सशक्त तथा प्रभावकारी बनाउने र युवाबीच लोकप्रिय कार्यक्रम लैजाने समझदारी भएको युवा संघका महासचिव नरेश शाहीले जानकारी दिए।

    नेपाल कम्युनिष्ट पार्टीले वैचारिक दृष्टिकोणका रूपमा अवलम्बन गर्ने भएपछि त्यसका सबै जनवर्गीय संगठनको वैचारिक तथा सैद्धान्तिक नीति त्यसैमा आधारित हुनेछ।

    विधान र संगठन कस्तो निर्माण गर्ने, कस्तो सांगठनिक संरचना तयार गर्ने, संगठनलाई कसरी युवामैत्री बनाउने, संगठनको विधि र प्रक्रिया के हुनेलगायत विषयमा प्रतिवेदन तयार हुने क्रममा छ। मुलुकमा युवा वर्गलाई व्यावसायिक र सीपमूलक शिक्षा प्रदान गरी उत्पादनसँग जोड्ने, युवा सशक्तीकरणलगायत विषयमा समेत आइतबार बसेको बैठकले छलफल गरेको थियो।

    दुई पार्टी एकीकरण भएपछि जनवर्गीय संगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने भनिएकाले त्यसका लागि आवश्यक समन्वय र सहकार्य भइरहेको जनाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]