|

काठमाडौं : पूर्वविशिष्ट व्यक्तिहरूको निजी सुरक्षा र अन्य प्रयोजनमा खटिएका ८७ सुरक्षाकर्मी फिर्ता भएका छन्। फिर्ता हुनेमा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक (सई) समेत छन्। फिर्ता भएकाहरूमा ५७ सुरक्षा गार्डका रूपमा रहेका थिए, भने ३० जना निजी सवारी चालकका रूपमा खटिएका थिए।

यसरी नीतिविपरीत सुरक्षा गार्ड राख्नेमा धेरैजसो पूर्वप्रधानन्यायाधीशहरू र पूर्वउच्च प्रहरी अधिकारीहरू नै रहेको र  सबैको सुरक्षा गार्ड फिर्ता बोलाएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

गत चैत १९ गते गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना २०७४ अन्तर्गत सुरक्षाबाहेक अन्य प्रयोजनमा खटिएका सुरक्षाकर्मीलाई वैशाख मसान्तभित्र फिर्ता बोलाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए। उक्त निर्देशनलगत्तै पूर्वविशिष्ट व्यक्तिहरूको निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाएको प्रवक्ता थापाले जानकारी दिए। गृहमन्त्रालयको नीतिविपरीत अब कुनै पनि सुरक्षाका लागि प्रहरी नखाटाइने र सबैको तथ्‍यांक राखिने प्रवक्ता थापाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.