देउवालाई जवाफ – कांग्रेसलाई पुरानो हैन नयाँ ठाउँमा लैजानुपर्छ

|

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीबाट लोकतन्त्रमाथि खतरा रहेको बताएका छन्।

नेपाल विद्यार्थी संघ काठमाडौंले गरेको 'अबको कांग्रेस र युवाको भूमिका' विषयक कार्यक्रममा बोल्दै युवा नेता एवं प्रतिनिधिसभा सदस्य थापाले लोकतन्त्रलाई खतरामा पार्न नेकपा लागिपरेको आरोप लगाएका हुन्। उनले लोकतन्त्र पूर्वराजा ज्ञानेन्द्र शाह र नेत्रविक्रम चन्द विप्लवबाट नभइ सरकारको नेतृत्व गरिरहेको दलबाट रहेको बताएका हुन्।

उनले नेकपाभित्र लोकतान्त्रि चरित्र कत्तिपनि नदेखिएको बताए। दल दर्ता गर्न निर्वाचन आयोगमा जाँदा नेकपाको नेतृत्वलाई महिला नेतृहरूले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता माग गर्दा 'ट्याउँ ट्याउँ नगर्नुस्' भनेकोबाटै नेकपाको लोकतान्त्रिक चरित्र देखिएको बताए। उनले त्यस्तो पार्टी लोकतान्त्रिक हुन नसक्ने बताए।

त्यस्तै, थापाले कांग्रेसलाई नयाँ ठाउँमा पुर्‍याउनुपर्ने बताए। पार्टी सभापति शेरबहादुर देउवाले केहीदिनपहिले 'पार्टीलाई पुरानै अवस्थामा पुर्‍याएर बिश्राम लिन्छुँ' भनेर दिएको अभिव्यक्ति तर्फ इंगित गर्दै त्यस्तो नेतृत्वले पार्टी बिगार्ने बताए। उनले कांग्रेसले युद्ध हारेको नभइ लडाइँ मात्र हारेको भन्दै नयाँ नेतृत्वले पार्टीलाई नयाँ ठाउँमा पुर्‍याउनुपर्ने बताए।

त्यस्तै, युवा नेता प्रदीप पौडेलले कांग्रेसले सत्ता पक्ष र प्रतिपक्ष के हुँ भन्ने छुट्याउन नसकेको आरोप लगाए। उनले प्रतिपक्षमा रहेको कांग्रेसले सदनमा सत्ता पक्षमा रहेको जस्तो व्यवहार देखाएकोमा आपत्ती जनाए।

उनले कांग्रेसलाई अबको पाँच वर्षभित्र अर्को चुनावका लागि तयार पार्नुपर्ने बताए। उनले स्थानीय तहदेखि केन्द्रसम्म अधिवेशन गरेर नयाँ नेतृत्व निर्माण गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए। उनले कांग्रेस नयाँ तरिकाबाट चल्नुपर्ने बताएका छन्। पुरानै पारामा चलेकाले कांग्रेस अहिलेको अवस्थामा आएको उनको धारणा थियो। नेता पौडेलले सरकारले तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेललाई जेलमुक्त गरेर कानुनी शासनको अपमान गरेको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.