|

काठमाडौं: सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानविन गर्न बनेको समितिले सोमबार आरके ज्वेलर्सको बिशालबजार, न्युरोड र दरबारमार्ग शाखामा छापा हानेको छ।

ज्वेलर्सका तीन ओटा शाखामा छापा मारेर समितिले पसलमा विक्रिको लागि राखेको सुन समेत बरामद गरेको सुन तस्करी र शनम शाक्य हत्याका अनुसन्धान गर्ने बनेको छानविन समितिका एक सदस्यले जानकारी दिए।

सोमबार नै प्रहरीले सुन तस्करीका मुख्य अभियक्त भनिएका चुडामणी उप्रेती गोरे, वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री र राप्रपाका नेता भुजुङ गरुङलाई थप अनुसन्धान गर्ने भन्दै मोरङबाट काठमाडौं ल्याएको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.