|

काठमाडौं : नेपाल कम्युनिस्‍ट पार्टीका महासचिव विष्णु पौडेलले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन व्यापारी व्यवसायीका समस्याहरू समाधान गर्न अबको सरकार तयार रहेको बताएका छन्। नेपाल राष्ट्रिय वाणिज्य संघले काठमाडौंमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलले उक्त कुरा बताए।

'नीतिगत र प्रसाशनिक झन्झटहरुलाई फुकाउँदै व्यावहारिक पक्षलाई आत्मसाथ गरी देशको बढ्दो व्यापार घाटालाई कम गर्न निर्यातजन्य वस्तुहरुको उत्पादनमा जोड दिँदै अब हाम्रो पार्टी उत्पादन र उत्पादकत्व बढाउने, रोजगारीको अवसरहरूको सिर्जना गर्ने र आत्मनिर्भर अर्थतन्त्रको यात्रामा अघि बढ्नेछ, त्यसकारण दलाल पुँजीलाई निरुत्साहित गरिनेछ,' विभिन्न २६ बुँदे मागहरू राखेर संघद्वारा पेस गरिएको ज्ञापनपत्र बुझ्दै महासचिव पौडेलले भने।

व्यवसायीहरूको हकहितका निम्ति क्रियाशील नेपाल राष्ट्रिय वाणिज्य संघ सरकारको सहयोगी अंगको रूपमा आफ्नो भूमिका बदल्दै व्यावसायिक क्षेत्रका सबै नीति निर्माणका लागि महत्वपूर्ण सल्लाहकारका रूपमा आफूले पाएको महासचिव पौडेलले बताए।

संघका अध्यक्ष मोतिराज ज्ञवालीको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, उद्योग व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष भरतकुमार श्रेष्ठ, महासंघकै उपाध्यक्ष तथा प्रतिनिधिसभाका माननीय सदस्य एल. पी. सावाँ लिम्बूलगायतले मुलुकको विकासका लागि व्यवसायीहरूको सहयोग महत्वपूर्ण हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.